नेपाल सरकार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति

काठमाडौं

HIGHLIGHTS : २०७६ सालकाे दशै, तिहार एव छठ पर्वकाे उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुकाे समृद्धीका लागि हार्दिक शुभकामना   | मिति २०७६ म‌सिर २ गते कर्मचारीहरुकाे नियमित बैठक कार्यकारी निर्देशक डा. बुद्धि नेपालीकाे अध्यक्षतामा सम्पन्न   | +2 लगायत सबै तहकाे निरन्तरता छात्रवृत्ति नतिजा प्रकाशन   |

समितको काम, कर्तव्य र अधिकार

  • १. उपेक्षित, उत्पडित र दलितवर्गको आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
  • २. नेपाल सरकार, विदेशी सरकार वा राष्ट्रिय वा अन्तराष्ट्रिय संघ संस्थाबाट प्राप्त सहयोग एवं साधन श्रोतका आधारमा तयार गरिने उपेक्षित, उत्पीडित र दलितवर्ग संग सम्बन्धित विभिन्न कार्यक्रमहरुमा स्थानीय निकाय समेतलाई संलग्न गराई गाउँ स्तरसम्म त्यस्तो कार्यक्रम प्रभावकारी रुपमा पुरयाउन समन्वय गर्ने ।
  • ३. राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु विच उपेक्षित, उत्पीडित र दलितवर्गको उत्थान सम्बन्धि बिषयहरुमा जानकारी प्राप्त गर्न नेटवर्क स्थापना गरी सोको विस्तार गर्ने ।
  • ४. उपेक्षित, उत्पीडित र दलितवर्गको आर्थिक तथा सामाजिक पक्षको विकास सम्बन्धि अध्ययन अनुसन्धान गर्नूका साथै तत् सम्बन्धि पुस्तक लेख आदि प्रकाशन एवं सूचना पद्धतिको स्थापना गर्ने गराउने ।
  • ५. उपेक्षित, उत्पीडित र दलितवर्ग सम्बन्धि विज्ञ परामर्श सेवा प्रदान गर्ने ।
  • ६. उपेक्षित, उत्पीडित र दलितवर्गको विविध पक्षको विकास कार्यमा संलग्न संस्थालाई वित्तिय तथा प्राविधिक सहायता उपलब्ध गराउने ।
  • ७. उपेक्षित, उत्पीडित र दलितवर्गका व्यक्तिहरुलाई तोकिएको आधारमा स्वदेश तथा विदेशमा अध्ययन गर्न छात्रबृत्ति उपलब्ध गराउन नेपाल सरकार समक्ष अनुरोध गर्ने ।
  • ८. उपेक्षित, उत्पीडित र दलितवर्गका व्यक्तिहरुको कार्यक्षमता बृद्धि गर्दै लैजाने र दिगो विकासका लागि आय आर्जन लगायतका सामुदायिक विकास कार्यक्रमहरु संचालन गर्ने गराउने ।
  • ९. समितिको बार्षिक बजेट तथा कार्यक्रम तयार गरी स्वीकृत गर्ने ।
  • १०. उपेक्षित, उत्पीडित र दलिगतवर्गको विविध पक्षको विकास सम्बन्धमा गोष्ठि, तालिम तथा सेमिनार संचालन गर्ने गराउने ।
  • ११. समितिको उद्देश्य प्राप्तीका लागि आवश्यकता अनुसारको अन्य कार्यहरु गर्ने ।